कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसियो

हिमाल प्रेस १४ जेठ २०८३ १२:४१ | Thursday, May 28, 2026
4
SHARES
कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसियो

काठमाडौँ- नेपाली कांग्रेसबाट निर्वाचित दुई वडा अध्यक्षको पद खोसिएको छ । ०७९ को स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर निर्वाचित भएका रविन्द्र केसी र पद्मबहादुर विष्टको पद खोसिएको हो।

केसी लुम्बिनी प्रदेश अन्तर्गत मुसिकोट नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष थिए भने विष्ट लुम्बिनी प्रदेश अन्तर्गत धुर्कोट गाउँपालिका वडा नम्भर ३ का वडाध्यक्ष थिए। उनीहरू अन्य दलमा प्रवेश गरेको भन्दै नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको निर्णयसहित निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले दुवै वडा अध्यक्षको पद रिक्त रहेको सूचना जारी गरेको छ ।

स्थानीय तहका जनप्रतिनिधिले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेको खण्डमा सम्बन्धित व्यक्ति निर्वाचित भएको पद रिक्त हुने प्रावधान छ ।

प्रकाशित: १४ जेठ २०८३ १२:४१ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast