विपिन र केकीको ‘काजी’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ३० वैशाख २०८३ ९:५२ | Wednesday, May 13, 2026
विपिन र केकीको ‘काजी’को ट्रेलर सार्वजनिक

काठमाडौँ- विपिन कार्की र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मको पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई देखाइएको पनि छ । विपिन कार्की ‘काजी’ र केकी अधिकारी ‘कजिनी’ पात्रको रूपमा प्रस्तुत छन् ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दीक्षिता अर्याल लगायतको अभिनय छ ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत छ ।

नृत्य निर्देशक कविराज गहतरज, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्ल रहेको फिल्मको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन् । श्रीराम बालाजी फिल्मस्‌ले नेपालभर वितरण गर्नेछ ।

 

प्रकाशित: ३० वैशाख २०८३ ९:५२ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast