यी हुन् राष्ट्रपतिले जारी गरेका अध्यादेशहरू

हिमाल प्रेस २२ वैशाख २०८३ १३:४२ | Tuesday, May 5, 2026
14
SHARES
यी हुन् राष्ट्रपतिले जारी गरेका अध्यादेशहरू

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा ८ वटै अध्यादेश जारी गरेका छन्। मंगलबार उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसमेत जारी गर्दै सबै अध्यादेशलाई स्वीकृति दिएका हुन्।

यसअघि राष्ट्रपति पौडेलले ७ वटा अध्यादेश जारी गरिसकेका थिए भने संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाएका थिए। तर मन्त्रिपरिषद्ले सोही अध्यादेश पुनः सिफारिस गरेपछि राष्ट्रपतिले आज त्यसलाई पनि जारी गरेका हुन्।

वालेन्द्र शाह नेतृत्वको सरकारले ल्याएका यी ८ अध्यादेशमा विभिन्न कानुन संशोधन र नीतिगत व्यवस्था समेटिएका छन्।

जारी भएका अध्यादेशहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश, केही नेपाल ऐन संशोधन अध्यादेश, स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालयसम्बन्धी संशोधन अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश र सहकारी (पहिलो संशोधन) अध्यादेश रहेका छन्।

प्रकाशित: २२ वैशाख २०८३ १३:४२ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast