काठमाडौँ- नेकपा एमालेका सांसद कृपाराम राना थारुले कृषिको आधुनिकीकरणविना मुलुकको अर्थतन्त्र बलियो बनाउन नसकिने भन्दै कृषिमा लगानी बढाउन सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभा बैठकमा आज सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संशोधन प्रस्तावबारेको धारणा राख्दै उनले सो कुरा बताएका हुन्। कृषिमा नेपालले लगानी बढाएमा कृषि उत्पादनलाई निर्यात गर्न सकिने सम्भावना रहेकाले सिँचाइ, मल, बीउ र उत्पादित सामग्रीको बजार भाउबारे स्पष्ट योजना बनाउन उनले सरकारसँग माग गरे।
उनले सरकारी काठहरु ढलापडा भएर र राखिएका काठहरु सडे गलेर खेर गइरहेको बताउँदै उनले काठको व्यवस्थापन गर्न सके त्यसबाट पनि मुलुकलाई ठूलो आम्दानी हुने सुझाव दिए।
कृषिलाई आयआर्जनको माध्यम बनाएका कृषकका लागि सरकारले सहुलियत सहयोगको व्यवस्था गर्न पनि उनले आग्रह गरे।



