झन्डै ५ दसकपछि शिव श्रेष्ठको ‘जीवनरेखा’ प्रदर्शनमा

हिमाल प्रेस २८ वैशाख २०८३ ११:५१ | Monday, May 11, 2026
2
SHARE
झन्डै ५ दसकपछि शिव श्रेष्ठको ‘जीवनरेखा’ प्रदर्शनमा

काठमाडौँ- फिल्म ‘जीवनरेखा’ ४३ वर्षपछि प्रदर्शन गरिएको छ । शिव श्रेष्ठ फाउन्डेसनको आयोजनामा, चलचित्र विकास बोर्डको सहकार्यमा र लायन्स क्लब चितवनको व्यवस्थापनमा ४३ वर्ष अघि प्रकाश थापाद्वारा निर्देशित ‘जीवनरेखा’ जलमा हल नारायणघाटमा विशेष प्रदर्शन गरिएको हो । नेपाली चलचित्र इतिहासका महत्वपूर्ण कृतिहरूलाई संरक्षणसँगै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले चलचित्र विकास बोर्डले ‘ओल्ड इज गोल्ड’ अभियान सुरु गर्ने तयारीको स्याम्पल टेस्ट शिव श्रेष्ठ फाउन्डेसनसँग मिलेर गरेको छ ।

यस अभियानअन्तर्गत ३० वर्षभन्दा पहिले प्रदर्शन भएका नेपाली चलचित्रहरू हरेक हप्ता विशेष रूपमा प्रदर्शन गरिने बोर्डले जनाएको छ । बोर्डले यसअघि नै १० वटा ऐतिहासिक सेलुलोइड चलचित्र डिजिटाइज गरिसकेको छ । ऐतिहासिक, अभिलेखका लागि योग्य र साहित्यिक कृतिमा आधारित थप १० वटा चलचित्र डिजिटलाइज गर्ने बोर्डको तयारी छ ।

‘जीवन रेखा’मा शिव श्रेष्ठ, मीनाक्षी आनन्द, शान्ति मास्के, प्रकाश थापा, अर्जुनजंग शाही, वसुन्धरा भुषाल, गोपालराज मैनाली, हरिवंश आचार्यलगायतको अभिनय छ ।

प्रकाशित: २८ वैशाख २०८३ ११:५१ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast