कञ्चनपुरका दुई नगरपालिकाका विद्यालय एक साता बन्द

हिमाल प्रेस ११ जेठ २०८३ १०:५१ | Monday, May 25, 2026
10
SHARES
कञ्चनपुरका दुई नगरपालिकाका विद्यालय एक साता बन्द

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिकाका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यहाँस्थित सामुदायिक तथा निजी विद्यालयहरू एक साताका लागि बन्द हुने ती नगरपालिकाले जनाएका हुन् ।

भीमदत्त र कृष्णपुर नगरपालिकाले आइतबार सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी नगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूमा जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको उल्लेख गरेका छन्। जेठ १४ गते बिहीबार बकर इद तथा १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा रहनेछ । त्यसपछि १६ र १७ गते दुई दिन शनिबार र आइतबार लगातार बिदा रहनेछ । यससँगै भीमदत्त र कृष्णपुर नगरपालिकाका विद्यालयहरूमा एक साताको सार्वजनिक बिदा हुने भएको हो ।

कृष्णपुर नगरपालिकाका सूचना अधिकारी प्रेम बोगटीले गर्मी बिदाबाट कट्टी हुने गरी तीन दिन स्थानीय बिदा दिइएको बताए।

प्रकाशित: ११ जेठ २०८३ १०:५१ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast