मार्गप्रशस्त गर्न ओलीमाथि दबाब

हिमाल प्रेस ९ जेठ २०८३ १८:५६ | Saturday, May 23, 2026
16
SHARES
मार्गप्रशस्त गर्न ओलीमाथि दबाब

काठमाडौँ- नेकपा एमाले सचिवालय बैठकमा पार्टी नेतृत्वको विकल्पका विषयमा नेताहरुले फरक–फरक धारणा राखेका छन्।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकमा धारणा राख्ने केही नेताहरुले राजीनामा दिएर पार्टी पुनर्गठनका लागि मार्गप्रशस्त गर्न अध्यक्षलाई सुझाव दिएका छन् भने केही नेताहरुले वर्तमान नेतृत्वलाई नै बलियो बनाएर पार्टीलाई अघि बढाउनुपर्ने धारणा राखेका छन्।

शनिबारको बैठकमा महासचिवदेखि तीनजना उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

आइतबार सचिवालयको बैठक पुनः बस्ने र बाँकी चार जना सचिवहरुले धारणा राखेपछि अध्यक्षको जवाफसँगै बैठक सम्पन्न हुने उनले बताए। उपमहासचिव भट्टले शुक्रबारको बैठकमा भएका छलफल अतिरञ्जित ढंगले बाहिर आएको भन्दै बैठकमा हुने छलफल र बहसलाई स्वभाविक रुपमा लिनुपर्ने बताए।

उनले सचिवालय बैठकमा कुनै नेताले पनि तत्काल अध्यक्षको राजीनामाको माग नगरेको बरु अध्यक्षकै नेतृत्वमा समस्या समाधान गर्दै पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएको दाबी गरे। सचिवालय बैठक आइतबार बिहान ११ बजे पुनः बस्ने भट्टले बताए।

प्रकाशित: ९ जेठ २०८३ १८:५६ | Saturday, May 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast