‘मन विनाको धन २’मा पूजा शर्मा

हिमाल प्रेस २८ वैशाख २०८३ ११:३८ | Monday, May 11, 2026
2
SHARE
‘मन विनाको धन २’मा पूजा शर्मा

काठमाडौँ-  फिल्म ‘मन विनाको धन’को सिक्वेल बन्ने भएको छ। बक्स अफिसमा करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गर्न सफल उक्त फिल्मको दोस्रो श्रृंखला ‘मन विनाको धन २’ निर्माण हुने घोषणा गरिएको हो।

फिल्मलाई पहिलो भागझैं निर्देशक टंक बुढाथोकीले नै निर्देशन गर्नेछन्। यो फिल्म टंक बुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुतिका रूपमा निर्माण हुन लागेको हो। फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारिरहेका छन्। साथै, फिल्मको कथा र संगीत पनि टंक बुढाथोकीकै रहने बताइएको छ।

यसैबीच, फिल्मको मुख्य भूमिकाका लागि नायिका पूजा शर्मा अनुबन्धित भएकी छन्। आइतबार पूजा शर्मा र टंक बुढाथोकीबीच औपचारिक कागजी सम्झौता सम्पन्न भएको हो। फिल्मको छायांकन आगामी भदौ महिनाबाट सुरु गर्ने तयारी गरिएको छ।

प्रकाशित: २८ वैशाख २०८३ ११:३८ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast