काठमाडौँ- चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आबाट आमा २’ को शुभ मुहूर्त गरिएको छ । सोमबार बिहान निर्माण टिमले पाटनको बङ्गलामुखी मन्दिरमा कलाकार र प्राविधिकको उपस्थितिमा फिल्मको शुभ मुहूर्त गरेको हो।
हिट फिल्म ‘आबाट आमा’ कै सिक्वेलको रूपमा निर्माण हुन लागेको यो फिल्ममा कलाकार विपना थापा, पल शाह, प्रदीप रावत, गजित विष्ट, आकाश श्रेष्ठ, नरेन खड्का लगायतको कलाकारको अभिनय रहनेछ।
निर्देशक पन्तले यो फिल्मको छायांकनको समय तालिका केहि दिनमा नै टुंगो लाग्ने बताए । निर्माण टिमले एक महिना अघिबाट नै यो फिल्म आगामी दसैँमा प्रदर्शनमा ल्याउने जानकारी दिएको थियो ।
फिल्मको कथा तथा पटकथा निर्देशक पन्तकै रहने छ । यस फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । फिल्म आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने लागेको हो।



