नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण

हिमाल प्रेस ५ जेठ २०८३ २०:१० | Tuesday, May 19, 2026
14
SHARES
नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।

मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।

यसअघि संसदीय सुनुवाई समितिले मंगलबार नै शर्माको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।
पदभार ग्रहणपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले आफ्नो सर्वोच्च प्राथमिकता स्वतन्त्र न्यायापालिकाको मान्यता रहने बताए। उनले कुनै पनि परिस्थितिमा कसैसँग सम्झौता नहुने उल्लेख गरे।
शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पदानको प्रक्रियामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने बताए।

प्रकाशित: ५ जेठ २०८३ २०:१० | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast