फाइल तस्बिर
काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्।
बुधबार बर्दिबासमा आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेश प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति थापाले मधेश प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने बताए।
उनले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टीपंक्तिलाई निर्देशन दिए।
प्रकाशित: ६ जेठ २०८३ २०:०५ | Wednesday, May 20, 2026
प्रतिक्रिया




