नेपाललाई ‘टेक हब’का रूपमा अघि बढाइने

हिमाल प्रेस २८ वैशाख २०८३ १६:५५ | Monday, May 11, 2026
14
SHARES
नेपाललाई ‘टेक हब’का रूपमा अघि बढाइने

काठमाडौँ- सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेयर डिजिटल’ सेवालाई प्रवर्द्धन गर्ने जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराएका हुन्। सरकारले साइबर सुरक्षा, हरित कम्प्युटिङ र एआई कम्पुटेसन निर्यातलाई प्रवर्द्धन गरिने उनले उल्लेख गरे।

‘डिजिटल पार्क’ उच्च क्षमताका ‘डेटा सेन्टर’ र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’का रूपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताए। ‘सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सहलगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ’, उनले भने।

प्रकाशित: २८ वैशाख २०८३ १६:५५ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast