नेपालले ६८ रनको लक्ष्य हासिल गर्न गुमायो ८ विकेट, मलेसियामाथि सकसपूर्ण जित

हिमाल प्रेस ६ जेठ २०८३ ११:१३ | Wednesday, May 20, 2026
14
SHARES
नेपालले ६८ रनको लक्ष्य हासिल गर्न गुमायो ८ विकेट, मलेसियामाथि सकसपूर्ण जित

काठमाडौँ- नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी २०आई खेलमा नेपालले जित हासिल गरेको छ। मलेसियाले दिएको ६८ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्दै २ विकेटको जित निकालेको हो। सम्झना खड्काले ३२ रन बनाइन् भने रुबी पोद्दारले १५ रन बनाइन्। कविता जोशीले ६ रन बनाइन्।

मलेसियाका लागि नूर कलिसाले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिइन्। आइसा एलिसा र एल्सा हन्टरले २-२ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो।

मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन्। कप्तान मास एलिसाले ८ तथा माहिरा इजाती र एर्दिना बेलले समान ७ रन बनाए। नेपालका लागि पूजा महतोले ४ ओभरमा १३ रन दिएर ३ विकेट लिइन्। रिया शर्मा र मनिषा उपाध्यायले २-२ विकेट लिँदा कविता कुँवर र सीता राना मगरले १-१ विकेट लिए।

प्रकाशित: ६ जेठ २०८३ ११:१३ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast