पाकिस्तानी दूतावासमा मनाइयो ‘मार्का-ए-हक’ दिवस

हिमाल प्रेस २७ वैशाख २०८३ १८:५० | Sunday, May 10, 2026
पाकिस्तानी दूतावासमा मनाइयो ‘मार्का-ए-हक’ दिवस

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी दूतावासले आइतबार ‘मार्का-ए-हक’ दिवस मनाएको छ। कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पाकिस्तानको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए।

दूतावास परिसरमा आयोजित समारोहमा दूतावासका कर्मचारी, नेपालमा रहेका पाकिस्तानी समुदायका सदस्य र उनीहरूका परिवारको उपस्थिति थियो। सो अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ र उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इसहाक डारले पठाएका विशेष सन्देशहरू वाचन गरिएको थियो।

राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा ‘मार्का-ए-हक’ ले विश्वलाई पाकिस्तानको प्रतिरक्षा शक्ति केवल नारामा मात्र सीमित नरहेको र यो सेनाको व्यावसायिक दक्षता र जनताको दृढ संकल्पमा आधारित रहेको उल्लेख गरेका छन्। त्यस्तै, प्रधानमन्त्री शरीफले प्रतिकूल परिस्थितिमा पाकिस्तानको बहादुरीपूर्ण अडानले देशलाई एक अपराजित राष्ट्रका रूपमा स्थापित गरेको बताए।

उपप्रधानमन्त्री डारले आफ्नो सन्देशमार्फत दक्षिण एसियामा दिगो शान्तिका लागि कश्मीर मुद्दाको न्यायोचित समाधान हुनुपर्नेमा जोड दिँदै पाकिस्तान संवाद र कूटनीतिको पक्षमा रहेको स्पष्ट पारे।

समारोहलाई सम्बोधन गर्दै राजदूत हाश्मीले राष्ट्रिय सार्वभौमसत्ता रक्षाका लागि पाकिस्तानी सशस्त्र बल र जनताले देखाएको त्याग एवं साहसको प्रशंसा गरे। उनले सार्वभौमसत्ताको रक्षाका लागि भौगोलिक आकारभन्दा राष्ट्रिय संकल्प र एकता ठूलो हुने धारणा व्यक्त गरे।

प्रकाशित: २७ वैशाख २०८३ १८:५० | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast