यी ठाउँमा भारी वर्षा रेकर्ड

हिमाल प्रेस १५ जेठ २०८३ ६:०० | Friday, May 29, 2026
यी ठाउँमा भारी वर्षा रेकर्ड फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागमा बिहीबार राति १०:०० बजे ललितपुरको खुमल्टार वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार तीन घण्टामै यहाँ ५७.६ मिलीमिटर वर्षा भएको छ।

यस्तै काठमाडौँको कीर्तिपुरमा ३४.८ र पानीपोखरीमा ३१ मिलीमिटर वर्षा मापन भएको छ। सोही तीन घण्टामा सिन्धुपाल्चोकमा भने ७२ मिलीमिटरमाथि वर्षा भएको छ।

यस्तै, पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले तीन प्रणालीको प्रभाव अहिले नेपालमा रहेको र अबको केही दिन वर्षा र बदली हुने जानकारी दिएको छ। बदली बढेकाले तापक्रम घटेर शीतल महसुस भएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थले आज शुक्रबार पनि विभिन्न जिल्लामा वर्षा, हुरीबतास र चट्याङ पर्नसक्ने जानकारी दिए। जेठ १८ गतेसम्म नै मौसम बदली रहने बताइएको छ।

प्रकाशित: १५ जेठ २०८३ ६:०० | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast