प्रतिनिधिसभामा सुकुम्बासी, महँगी र रोजगारीबारे सरकारको ध्यानाकर्षण

हिमाल प्रेस ५ जेठ २०८३ १२:११ | Tuesday, May 19, 2026
22
SHARES
प्रतिनिधिसभामा सुकुम्बासी, महँगी र रोजगारीबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले विकास निर्माण, सुकुम्बासी समस्या, महँगी र रोजगारीलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद विष्णुमाया विकले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको दैनिकीमा समस्या भएको उल्लेख गर्दै ती सेन्टरमा राखिएका बालबालिकाको पठनपाठनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराइन्।

उनले भनिन्,‘गरिब होइन, गरिबी भगाउने नीति सरकारको हुनुपर्छ,सुकुम्बासीलाई सान्त्वना दिन पनि सरकारले सम्बोधन गर्नुपर्छ।’

सांसद शम्भुप्रसाद ढकालले मुलुकका विभिन्न स्थानमा भएका आत्महत्याका घटनामा आत्महत्या गर्न बाध्य बनाउनेमाथि छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग गरे।

सांसद क्षितिज थेबेले पाथीभरा केबुलकार निर्माणको सम्बन्धमा सरकारको आधिकारिक धारणा आउनुपर्नेमा जोड दिए।

उनले भने,‘पाथीभरामा निर्माणाधीन परियोजनाको विषयमा ताप्लेजुङ मात्रै होइन सिङ्गो देशको ध्यान केन्द्रित भएको छ। सरकारले मौखिक रुपमा काम रोकिएको भनेको छ तर,सरकारको आधिकारिक धारणा के हो?,’ मेरो प्रश्न छ,यो आयोजना बन्ने हो कि रोकिने हो?’

प्रकाशित: ५ जेठ २०८३ १२:११ | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast