सुनचाँदीको मूल्य घट्यो

हिमाल प्रेस १४ जेठ २०८३ ११:११ | Thursday, May 28, 2026
4
SHARES
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला पाँच हजार पाँच सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला पाँच हजार ८० रुपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय १५ रुपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार तीन सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १४ जेठ २०८३ ११:११ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast