फिफा विश्वकप : इंग्ल्यान्ड टोलीको घोषणा

हिमाल प्रेस १२ जेठ २०८३ ८:०३ | Tuesday, May 26, 2026
6
SHARES
फिफा विश्वकप : इंग्ल्यान्ड टोलीको घोषणा

काठमाडौँ- आगामी जुन ११ देखि जुलाई १० तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप–२0२६ का लागि इंग्ल्यान्ड टोलीको घोषणा भएको छ । इंग्ल्यान्डले ह्यारी केनको कप्तानीमा विश्वकप टोलीको घोषणा गरेको हो । केन तेस्रो पटक विश्वकप टोलीका परेका छन्। सन् १०६६ को विश्वकप विजेता टोली इङ्ल्यान्ड यस पटकको विश्वकपमा समूह ‘एल’ मा रहेको छ ।

यस समूहमा क्रोएसिया, घाना र पानामा रहेको छ । नेपाली मितिअनु्सार इङ्ल्यान्डले असार ४ गते क्रोएसियासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।

इंग्ल्यान्ड विश्वकप टोली

गोलरक्षक : डीन हेन्डरसन [क्रिस्टल प्यालेस], जोर्डन पिकफोर्ड [एभर्टन] र जेम्स ट्राफोर्ड [म्यानचेस्टर सिटी]

रक्षक : डान बर्न [न्यूक्यासल युनाइटेड], मार्क गुएही [म्यानचेस्टर सिटी], रीस जेम्स [चेल्सी], एज्री कोन्सा [एस्टन भिल्ला], टिनो लिभ्रामेन्टो [न्यूक्यासल युनाइटेड], निको ओरेली [म्यानचेस्टर सिटी], जारेल क्वान्सा [बायर लेभरकुसेन], जेड स्पेन्स [टोटनह्याम हटस्पर], जोन स्टोन्स [म्यानचेस्टर सिटी]

मिडफिल्डर : इलियट एन्डरसन [नोटिङ्घम फरेस्ट], जुड बेलिङ्घम [रियल म्याड्रिड], एबेरेची एजे [आर्सनल], जोर्डन हेन्डरसन [ब्रेन्टफोर्ड], कोबी मैनु [म्यानचेस्टर युनाइटेड], डेक्लान राइस [आर्सनल] र मोर्गन रोजर्स [एस्टन भिल्ला]

स्ट्राइकर : एन्थोनी गोर्डन [न्यूक्यासल युनाइटेड], ह्यारी केन कप्तान [बायर्न म्युनिख], नोनी माडुके [आर्सनल], मार्कस रासफोर्ड [बार्सिलोना–म्यानचेस्टर युनाइटेडबाट लोन], बुकायो साका [आर्सनल], इभान टोनी [अल–अहली] र ओली वाटकिन्स [एस्टन भिल्ला]

प्रकाशित: १२ जेठ २०८३ ८:०३ | Tuesday, May 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast