बल्खु–वंशीघाट क्षेत्रका सुकुम्बासीको विवरण दर्ता भइरहेको छ : प्रवक्ता पोखरेल

हिमाल प्रेस १८ वैशाख २०८३ १३:३१ | Friday, May 1, 2026
14
SHARES
बल्खु–वंशीघाट क्षेत्रका सुकुम्बासीको विवरण दर्ता भइरहेको छ : प्रवक्ता पोखरेल

काठमाडौँ- सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती र त्यसका सहायक नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरू सुरक्षित र व्यवस्थित जीवनतर्फ अघि बढ्न थालेको बताएका छन्।

काठमाडौँको बल्खु र वंशीघाट क्षेत्रका घरजग्गाविहीन तथा न्यून आयस्रोत भएका बासिन्दाहरू अहिले दशरथ रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराएका छन्।

प्रवक्ता पोखरेलले दिएको जानकारीअनुसार व्यवस्थापन प्रक्रियामा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा सहभागिता जनाउँदै विवरण दर्ता गराइसकेका छन्।

यस कार्यमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

उनले रंगशालामा विवरण संकलनसँगै स्वास्थ्य परीक्षण तथा आवश्यक मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको जानकारी दिए। यसबाट प्रभावित नागरिकहरूको मनोवैज्ञानिक त्रास कम भई आत्मविश्वास बढ्न मद्दत पुगेको सरकारको दाबी छ।

यस्तै, लामो समयदेखि असुरक्षित बसोबासमा रहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारसहित खाजा खुवाएर व्यवस्थित रूपमा ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको पनि उनले बताए।

प्रवक्ता पोखरेलका अनुसार विवरण संकलनपछि ती नागरिकहरूलाई अस्थायी रूपमा ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र तथा काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी गरिएको छ।

प्रकाशित: १८ वैशाख २०८३ १३:३१ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast