फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबार) बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
उनका अनुसार बैठकमा पार्टीका विभिन्न एजेन्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।
प्रकाशित: २१ वैशाख २०८३ ७:३७ | Monday, May 4, 2026
प्रतिक्रिया



