कांग्रेसले भन्यो : प्रधानमन्त्री सदनमा नआए विरोध जारी गर्छौँ

हिमाल प्रेस ३१ वैशाख २०८३ ११:३६ | Thursday, May 14, 2026
14
SHARES
कांग्रेसले भन्यो : प्रधानमन्त्री सदनमा नआए विरोध जारी गर्छौँ

काठमाडौँ- नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री वालेन्द्र शाह ‘वालेन अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक राईले प्रधानमन्त्री शाह प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको बताए।

‘प्रधानमन्त्रीज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम कतै प्रधानमन्त्रीले गर्नु भएको छ छैन,’ सांसद राईले भने, ‘प्रधानमन्त्री भए अनुपस्थित भए विरोध जारी रहन्छ।’

संसद् मन लागे आउने मन नलागे नआउने चिया चौतारी नभएको उनले बताए । कार्यकारी प्रमुखले सदन जस्तो संस्थालाई बंक गर्नु दुःखलाग्दो कुरा भएको बताए ।

देशभित्र रहनु भएको र संसद् भवनबाट १०० मिटरको दूरीको कार्यक्रम नआउनुलाई के भन्ने भन्ने प्रश्न राईको थियो ।

 

प्रकाशित: ३१ वैशाख २०८३ ११:३६ | Thursday, May 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast