काठमाडौँ- नेपाली कांग्रेसले गर्ने भनेको सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित भेला आजदेखि सुरु हुँदै छ । आज सुदूरपश्चिमबाट सुरु हुने भेला जेठ १५ मा लुम्बिनीबाट समापन हुनेछ ।
भेलामा पार्टी सभापति गगन थापा पनि सहभागी हुनेछन् । भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार धनगढी पुगिसकेका छन् । भेला दुई दिनसम्म चल्ने छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बुधबारको पहिलो बैठकमा उपसभापति शर्माले भेलाबारे जानकारी गराएका थिए ।
प्रकाशित: २६ वैशाख २०८३ ७:४३ | Saturday, May 9, 2026
प्रतिक्रिया



