फाइल तस्बिर
काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताएका छन्।
सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने बताएका हुन्।
त्यस्तै सरकारको कार्यक्रम धेरै महत्त्वाकांक्षी रहेकाले व्यवहारिक होला–नहोला भन्ने प्रश्न रहेको उनको भनाइ छ।
उनले सरकारले आफ्ना कार्यक्रमलाई कार्यान्वयन गर्न धेरै मेहनत गर्नुपर्ने उल्लेख गरे।
प्रकाशित: २८ वैशाख २०८३ १९:१९ | Monday, May 11, 2026
प्रतिक्रिया



