फिफा विश्वकपका लागि ब्राजिलको टोली घोषणा, परे नेयमार, कासेमिरो र भिनिसियस जुनियर

हिमाल प्रेस ५ जेठ २०८३ १०:०० | Tuesday, May 19, 2026
फिफा विश्वकपका लागि ब्राजिलको टोली घोषणा, परे नेयमार, कासेमिरो र भिनिसियस जुनियर

काठमाडौँ- आगामी  जुन ११ बाट सुरु हुने फिफा विश्वकपका लागि ब्राजिलको २६ सदस्यीय टोली घोषणा भएको छ। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले यस गर्मीयाममा हुने विश्वकपका लागि टोली घोषणा गरेका हुन्।  ब्राजिलको टिममा, नेयमार जुनियर,  एलिसन बेकर , कासेमिरो र माथेउस कुन्हा (म्यानचेस्टर युनाइटेड), ब्रुनो गिमारेस (न्युक्यासल युनाइटेड), गाब्रिएल मागाल्हाएस (आर्सनल), इगोर थियागो (ब्रेन्टफोर्ड) र रायन (बोर्नमाउथ) पनि टोलीमा समावेश भएका छन्।

अन्य खेलाडीमा भिनिसियस जुनियर (रियल म्याड्रिड), राफिन्हा (बार्सिलोना) तथा एन्ड्रिक पनि छन्, जो लियोनमा लोनमा खेलिरहेका छन्। पाँच पटकको विश्व विजेता ब्राजिलले समूह ‘सी’मा जुन १३ मा मोरक्को, जुन २० मा हाइटी र चार दिनपछि स्कटल्यान्डसँग खेल्नेछ। संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने ४८ टोली सहभागी विस्तारित विश्वकप जुन ११ बाट सुरु हुनेछ।

प्रकाशित: ५ जेठ २०८३ १०:०० | Tuesday, May 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast