३ दिनमा वीरगन्ज भन्सारबाट ३ अर्ब १५ करोड राजस्व संकलन

हिमाल प्रेस १९ वैशाख २०८३ ७:४४ | Saturday, May 2, 2026
10
SHARES
३ दिनमा वीरगन्ज भन्सारबाट ३ अर्ब १५ करोड राजस्व संकलन

काठमाडौँ- उद्यमी–व्यवसायी जाँचपास प्रक्रियामा लगातार तीन दिनसम्म सहभागी नहुँदा पनि वीरगन्ज भन्सार कार्यालयले तीन दिनमा पेट्रोलियम पदार्थको भन्सार जाँचपास गरेर रू तीन अर्ब १५ करोड राजस्व संकलन गरेको छ।

वीरगन्ज भन्सार कार्यालयले आयातीत एवं निर्यात गरिने सामग्रीको अधिकतम खुद्रा मूल्य (एमआरपी) कार्यान्वयन गर्न गत वैशाख १५ गतेदेखि आयात तथा निर्यातकर्ता भन्सार जाँचपास प्रक्रियामा सहभागी भएका छैनन्।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले उद्यमी–व्यवसायीले भन्सार जाँचपासको प्रक्रियामा लगातार तीन दिन सहभागि नहुँदा पनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ र तरकारी तथा फलफूल जन्यवस्तुको भन्सार जाँचपास हुँदा तीन दिनमा करिव तीन अर्ब १५ करोड राजस्व सङ्कलन भएको बताए।

वीरगन्ज भन्सार कार्यालयका अनुसार वैशाख १५ गते रू ३५ करोड राजस्व संकलन भएको थियो।

त्यस्तै वैशाख १६ गते एक अर्ब ९० करोड राजस्व संकलन भयो। त्यस्तै वैशाख १७ गते पनि ९० करोड राजस्व सङ्कलन भएको सूचना अधिकारी विष्टले जानकारी दिए।

‘पेट्रोलियम पदार्थको भन्सार जाँचपास भएकाले पनि सो रकम राजस्व सङ्कलन भएको हो,’उनले भने। आर्यातकर्ता तथा स्वदेशी उद्यमले चौथौ दिन पनि भन्सार जाँचपास प्रक्रियामा सहभागि भएका छैनन्।

आयातकर्ता भन्सार जाँचपास गर्न फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका प्रक्रियागत कार्यमा सरिक नहुँदा भन्सार जाँचपास रोकिएको हो । सूचना अधिकारी विष्टका अनुसार आयात–निर्यातकर्ताले जाँचपासको फाराम भर्नेदेखि घोषणा गर्नेसम्मका काममा सरिक नहुँदा जाँचपास रोकिएको हो।

सरकारको हालैको निर्णयअनुसार भन्सार विन्दुमा आएका सबै किसिमका उत्पादनमा अनिवार्य रूपमा एमआरपी लागू गर्ने निर्णय गरेको थियो।

वीरगन्ज भन्सार कार्यालयले दैनिक रु ५० देखि ६० करोडसम्म राजस्व सङ्कलन गर्दै आएको छ। वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले आज पनि भन्सार जाँचपासको प्रक्रिया अघि बढ्न नसकेको बताए। रासस

प्रकाशित: १९ वैशाख २०८३ ७:४४ | Saturday, May 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast