ललितपुरको बाल विनोद विद्यालयमा एआई तथा साइबर सुरक्षा सचेतना

हिमाल प्रेस १४ जेठ २०८३ ११:१९ | Thursday, May 28, 2026
2
SHARE
ललितपुरको बाल विनोद विद्यालयमा एआई तथा साइबर सुरक्षा सचेतना

काठमाडौँ- रोटरी क्लब अफ महाबौद्धको आयोजनामा ललितपुर महानगरपालिका नःटोलस्थित बाल विनोद माध्यमिक विद्यालयमा कृत्रिम बुद्धिमत्ता (एआई) तथा साइबर सुरक्षासम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा एआई र साइबर सुरक्षासम्बन्धी आधारभूत जानकारी, यसको प्रयोग, अवसर, चुनौती तथा डिजिटल सुरक्षाका उपायबारे जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा एआई सम्बन्धी सत्रको सहजीकरण ई.कृष्ण महर्जनले गरेका थिए भने साइबर सुरक्षासम्बन्धी सत्रको सहजीकरण इन्जिनियर श्रीकृष्ण खनालले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले प्रविधिको विकास, डिजिटल सुरक्षाका चुनौती तथा भविष्यका सम्भावनाबारे जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाएका थिए।

कार्यक्रमको समन्वय रोटेरियन बत्स कुमार शाक्य ले गरेका थिए। विद्यालयका प्रधानाध्यापक अनिल कुमार झाले कार्यक्रम व्यवस्थापन तथा सहयोग प्रदान गरेका थिए।

आयोजकका अनुसार विद्यार्थीहरूमा प्रविधि, डिजिटल सुरक्षा तथा भविष्यका नवीन प्रविधिप्रतिको चासो र उत्साह अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले एआई र साइबर सुरक्षाबारे उपयोगी जानकारी प्राप्त गरेको प्रतिक्रिया दिएका थिए।

रोटरी क्लब अफ महाबौद्धले आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित: १४ जेठ २०८३ ११:१९ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast