लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती

हिमाल प्रेस १८ वैशाख २०८३ १२:३९ | Friday, May 1, 2026
22
SHARES
लुम्बिनीमा मनाइयो २५७०औं बुद्वजयन्ती

बुटवल- २५७० औं बुद्धजयन्ती तथा लुम्बिनी दिवस शुक्रबार मनाइएको छ। लुम्बिनी विकास कोषले यो वर्ष सामान्य कार्यक्रम गरि बुद्वजयन्ती मनाएको हो।

विगतका वर्षमा सरकार वा राष्ट्रप्रमुख मध्ये एक जना बुद्ध जयन्तीमा सहभागी हुने प्रचलन थियो । तर, यो वर्ष भने प्रधानमन्त्री वालेन्द्र शाह अन्तिममा कार्यक्रममा उपस्थित भएनन्।

प्रधानमन्त्री नआउने भएपछि अन्तिममा सभामुख डोलप्रसाद अर्याल (डीपी) सहभागी भए। सभामुख डीपी अर्यालले मायादेवी मन्दिरभित्र थेराबाद, यहायान र बज्रयानको पूजा र ध्यानमा सहभागी भएका थिए।

लुम्बिनी विकास कोषको आयोजनामा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदुत गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको दिनमा बुद्धजयन्ती मनाउँदै आएको छ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेल र यस क्षेत्रका सांसदहरू सभागी थिए। बिहीबार रातिदेखि परेको वर्षाका कारण विहानैदेखि गर्ने भनिएको कार्यक्रम पनि प्रभावित भएको थियो।

२९ गते भएको मूल समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिए।

संयुक्त राष्ट्रसंघ र युनेस्कोले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्दा बुद्धको इसापूर्व ६२३ लाई नै शाक्यमुनि बुद्धको जन्ममिति मानेको छ।

बुद्धको जन्म, मृत्यु र ज्ञानप्राप्ति वैशाख शुक्लपूर्णिका दिन भएकाले त्रिसंयोगका रूपमा मनाउने गरिन्छ।

प्रकाशित: १८ वैशाख २०८३ १२:३९ | Friday, May 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast