याम्बालिङले निष्कासन गर्‍यो आईपीओ

हिमाल प्रेस १६ वैशाख २०८३ ८:४६ | Wednesday, April 29, 2026
4
SHARES
याम्बालिङले निष्कासन गर्‍यो आईपीओ

काठमाडौँ- याम्बालिङ हाइड्रोपावरले आज (बुधबार) देखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ७० करोड रूपैयाँको ४० प्रतिशत अर्थात २८ करोड रूपैयाँ बराबरको २८ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र २ लाख १० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

कम्पनीले सामूहिक लगानी कोषहरूका लागि १ लाख ५ हजार कित्ता र कर्मचारीहरूका लागि ४२ हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले दोस्रो चरणमा १७ करोड ४३ लाख रूपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने भने अधिकतममा २१ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि वैशाख ३० गतेसम्म लम्बिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस इस्य’अरु रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी-आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित: १६ वैशाख २०८३ ८:४६ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast