काठमाडौँ- दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री पल कपुर नेपालको तीनदिने भ्रमणमा आइपुगेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार बनेपछि नेपाल आएका उनी पहिलो उच्चस्तरीय कूटनीतिज्ञ हुन्।
नेपाल भ्रमणमा रहँदा अमेरिकी सहायक विदेशमन्त्री कपुरले उच्चस्तरीय भेटवार्ता गर्नेछन्। उनले परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्नेछन् ।
नेपाल भ्रमणमा रहँदा उनले पाटन दरबार स्क्वायरको अवलोकन गर्ने कार्यक्रम पनि छ।
प्रकाशित: ७ वैशाख २०८३ ११:४० | Monday, April 20, 2026
प्रतिक्रिया



