इन्धन महँगिएपछि यातायात व्यवसायी आक्रोशित, भाडा बढाउन दबाब

हिमाल प्रेस ४ वैशाख २०८३ ५:५५ | Friday, April 17, 2026
16
SHARES
इन्धन महँगिएपछि यातायात व्यवसायी आक्रोशित, भाडा बढाउन दबाब

काठमाडौँ- यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्यवृद्धिले व्यवसायी मारमा परेका भन्दै भाडा समायोजन गर्न माग गरेको छ।

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण नेपालमा आउने इन्धनको मूल्य बढेको र यातायात सञ्चालनमा समस्या परेको भन्दै भाडा समायोजन गर्न माग गरेका हुन्।

‘नेपाल आयल नियमले पटकपटक गरी डिजेल/पेट्रोलमा भारी मूल्य वृद्धि गरेको हुँदा सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन र मालवाहक सवारीसाधन सञ्चालन गर्न कठिन अवस्था सिर्जना भएकाले मूल्यवृद्धिका आधारमा भाडा समायोजन गर्न माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ।

महासंघले विषम परिस्थितिको मूल्यांकन गर्दै देशभरि सेवा सञ्चालन गर्ने महासंघ सदस्यले पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न व्यवसायी, व्यवसायीबीच सहकार्य गरी नेपाल सरकारबाट तोकिएको भाडा लिइ अस्वस्थ प्रतिस्पर्धा नगरी रुट मिलाएर दैनिक यात्रुको चापका आधारमा मात्र सेवा सञ्चालन गर्न अनुरोधसमेत गरेको छ।

महासचिव गौतमले नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटकपटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन माग गरेको छ।

प्रकाशित: ४ वैशाख २०८३ ५:५५ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast