काठमाडौँ- भोजपुर मेयर गोल्डकपको ९ औँ संस्करण बैशाख ६ गतेबाट सुरु हुनेभएको छ। प्रतियोगितामा ए डिभिजनका तीन क्लवसहित ८ क्लव सहभागी हुनेछन्। जिल्ला फुटवल संघको आयोजनामा हुने प्रतियोगिता भोजपुर कोदार संगशालामा बैशाख १२ गते सम्म संचालन हुने छ ।
प्रतियोगिताका विजेता तथा उपविजेताले क्रमशः नगद पाँच लाख र तीन लाख प्रदान गरिने छ भने अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था रहेको भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रवीण सुवालले बताए।
उक्त प्रतियोगितामा सातदोबाटो युथ क्लब ललितपुर, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ, ए एक्स सिटी मोरङ, एपी एफ फुटबल क्लब काठमाडौ, केपीलासगढी गाउँपालिका खोटाङ, संखुवासभा ११ संखुवासभा, द गोर्खाज फुटबल कल्ब उदयपुर, र आयोजक जिल्ला फुटबल संघ गरी ८ टिमले सहभागी जनाउने जिल्ला फुटबल संघका महासचिव तुफान किरातले जनाएका छन्।
प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले ३० लाख सहयोग गरेको छ बाँकी रकम अन्य प्रायोजकबाट जुटाइने काशी प्रदेश फुटबल संघका उपाध्यक्ष सफल किरातले बताएका छन्।




