मानव बेचबिखन नियन्त्रण र अपांगतासम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदामा सुझाव माग

हिमाल प्रेस ६ वैशाख २०८३ १६:०८ | Sunday, April 19, 2026
10
SHARES
मानव बेचबिखन नियन्त्रण र अपांगतासम्बन्धी ऐन संशोधन विधेयकको मस्यौदामा सुझाव माग

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा यही साताभित्र सुझाव दिन आह्वान गरेको हो।

कानुनलाई अझ प्रभावकारी बनाउन विभिन्न प्रावधान समावेश गरिएको र मस्यौदामा सरोकार भएकाहरूबाट राय, सुझाव तथा प्रतिक्रिया प्राप्त गर्नका लागि सार्वजनिक गरिएकाले इच्छुक सबैलाई आफ्नो राय सुझाव दिन आग्रह गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ६ वैशाख २०८३ १६:०८ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast