राप्रपाले सोध्यो २ नेतृलाई स्पष्टीकरण

हिमाल प्रेस ३ वैशाख २०८३ १२:३३ | Thursday, April 16, 2026
14
SHARES
राप्रपाले सोध्यो २ नेतृलाई स्पष्टीकरण राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशासन समितिले दुई जना नेताहरूलाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

पार्टीकी उपाध्यक्षसमेत रहेकी अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बुधबार बसेको अनुशासन समिति बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनको मुखमा पार्टीको समानुपातिक सूचीको खिलापमा लागेको र चुनाव नजिकिएका बेला पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेर ‘भ्रम पैदा गरेको आरोप छ।

पार्टीको आन्तरिक विषय पार्टीभित्रै समाधान खोज्नुपर्नेमा उनीहरू प्रहरी प्रशासन तथा अदालतमा गएर पार्टी हितविपरीत काम गरेको आरोपसमेत छ।

साथै पार्टीका महिला नेताहरूलाई व्यक्तिगत लाञ्छना लगाउने कार्य गरेको पाइएको समेत आरोप छ।

प्रकाशित: ३ वैशाख २०८३ १२:३३ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast