काठमाडौँ- फिल्म ‘टिका’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण संस्था भविष्य फिल्मस् प्रालिले वितरक सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्सँग प्रदर्शनको सम्झौता गरेको हो।
नारी प्रधान कथा भनिएको फिल्मका नारीहरूको पर्व तीजको अवसरमा प्रदर्शन ल्याइने तयारी गरिएको हो।
महेश त्रिपाठी, ऋचा शर्मा र वर्षा सिवाकोटीसँगै भेट्रान हास्य अभिनेता निर्मल शर्माको अभिनय रहेको फिल्म वैशाख तेस्रो साता (आगामी हप्ता) बाट फ्लोरमा जाँदै छ । शंकर कार्कीको निर्देशन रहने फिल्मकी निर्माता भविष्य खड्का हुन् ।
नेपाली समाजमा महिलाले भोग्ने सङ्घर्ष, आत्मसम्मान, अस्तित्व र आत्मनिर्भरताको कथा ‘टिका’ले बोल्ने फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसीले जानकारी दिए ।
प्रकाशित: १५ वैशाख २०८३ १४:१४ | Tuesday, April 28, 2026
प्रतिक्रिया




