एक दिनभित्रै गाडीको विवरण पठाउन सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

हिमाल प्रेस ३ वैशाख २०८३ ६:२३ | Thursday, April 16, 2026
6
SHARES
एक दिनभित्रै गाडीको विवरण पठाउन सबै मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयलाई गाडीको विवरण पठाउन निर्देशन दिएको छ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन शाखाका शाखा अधिकृत आनन्दराम श्रेष्ठले पठाएको पत्रमा दुईपांग्रे र चारपांग्रे गाडीको विवरण पठाउन भनिएको छ। यसबारे बुधबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवस्तरीय निर्णय भएको थियो।

सबै मन्त्रालयलाई पठाइएको पत्रमा मन्त्रालय र मातहतका विभाग तथा कार्यालयले प्रयोग गरिररहेका तथा मर्मत कार्य भइरहेका गाडीको विवरण पठाउन भनिएको छ। सबै मन्त्रालयलाई बिहीबार कार्यालय समयभित्र पठाउन समय दिइएको छ।

 

प्रकाशित: ३ वैशाख २०८३ ६:२३ | Thursday, April 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast