मोडल प्रशंसा रायमाझी
काठमाडौँ- मोडलिङबाट चर्चामा आएकी प्रशंसा रायमाझीले फिल्म खेल्ने भएकी छन्। चर्चित हास्य कलाकार तथा निर्देशकद्वय कुमार कट्टेल ‘जिग्री ब्रो’ र दीपकप्रसाद आचार्य ‘काकु’ को संयुक्त सहकार्यमा निर्माण हुन लागेको नयाँ फिल्म ‘चिरञ्जीवी भवः’ बाट उनले अभिनेत्रीका रूपमा डेब्यु गर्ने भएकी हुन् ।
निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रूपमा प्रशंसालाई सार्वजनिक गरेको छ । फिल्म दीपक आचार्यले नै निर्देशन गर्दैछन् भने यसको कथा कट्टेलले लेखेका हुन् । आचार्यले यसअघि ‘परान’ निर्देशन गरेका थिए । जुन २०८२ सालको सर्वाधिक कमाउने फिल्म हो । ‘चिरञ्जीवी भवः’ सामाजिक ड्रामा जनरामा निर्माण हुनेछ । फिल्म दुई पुस्ताबिचको वैचारिक भिन्नता र सम्बन्धमा केन्द्रित रहने लेखक कट्टेलले जानकारी दिए । फिल्मको छायांकन छिट्टै हुँदैछ ।



