ठेक्काको विवरण हेरफेर प्रकरणमा थप एक जना पक्राउ

हिमाल प्रेस १६ वैशाख २०८३ १८:४९ | Wednesday, April 29, 2026
ठेक्काको विवरण हेरफेर प्रकरणमा थप एक जना पक्राउ

काठमाडौँ– सार्वजनिक खरिद अनुमगन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काको विवरण हेरफेर गरेको आरोपमा आशिष निर्माण सेवा प्रालिका सञ्चालक ऋषिकेश गौली पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार उनलाई काठमाडौँको पुरानो बानेश्वरबाट पक्राउ गरेको हो।

ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्नन गरेको आरोपमा हालसम्म १० जना निर्माण व्यवसायीसहित १३ जनालाई अनुसन्धान भइरहेको व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

पक्राउ परेकाविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०८३ १८:४९ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast