अब कर्मचारीलाई १५-१५ दिनमा तलब दिइने

हिमाल प्रेस ७ वैशाख २०८३ ६:५० | Monday, April 20, 2026
26
SHARES
अब कर्मचारीलाई १५-१५ दिनमा तलब दिइने

काठमाडौँ- सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रूपमा तलबभत्ता उपलब्ध गराउने भएको छ ।

गत शुक्रबार अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै यसबारे जानकारी गराएको हो । यसअघि राष्ट्रसेवक सरकारी कर्मचारीहरूको तलबभत्ताको सुविधा महिना भुक्तान भएपछि मासिक रुपमा दिइँदै आएको थियो।

कर्मचारीहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको बुझिएको छ।

अर्धमासिक रुपमा भुक्तानी गर्ने परिपाटी सुरुवात गर्न अर्थमन्त्री स्तरीय निर्णय गर्दै नयाँ व्यवस्था लागू गरिएको मन्त्रालयका सहसचिव डा।सुमन दाहालले बताए।

 

प्रकाशित: ७ वैशाख २०८३ ६:५० | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast