एसईई विद्यार्थीका लागि एनसेलले ल्यायो ‘पहिलो सिम’

हिमाल प्रेस ६ वैशाख २०८३ १७:५० | Sunday, April 19, 2026
4
SHARES
एसईई विद्यार्थीका लागि एनसेलले ल्यायो ‘पहिलो सिम’

काठमाडौँ- एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष योजना ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ।

यो योजनामा विद्यार्थीहरूले मात्र पचास रुपैयाँमा प्रिपेड सिम लिन सक्ने र विभिन्न आकर्षक सेवाहरूको फाइदा पाउने एनसेलले जनाएको छ।

विद्यार्थीहरूले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्नेछन्।

कम्पनीले जनाएअनुसार यो सिममा दुई जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टक टाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग (जीपीएल) मा २८ दिनका लागि निःशुल्क पहुँच पाउनेछन्।

मेरो स्कुल डिजिटल लर्निङ प्लेटफर्म हो जहाँ अनलाई सिकाइका लागि पाठ्यक्रममा थुप्रै भिडियो सामग्रीहरू उपलब्ध छन्। त्यस्तै जीपीएल गेमिङ पोर्टल हो जहाँ एचटीएमएलमा आधारित खेलहरू उपलब्ध छन्।

पहिलो सिम प्रयोगकर्ताहरूले डिजिटल वालेट खल्तीमा पनि निःशुल्क पाउने कम्पनीले जनाएको छ। साथै यो सिम लिएका ग्राहकहरूले ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्ज गर्दा ७ दिनसम्म मान्य पाँच सय एमबी बोनस डाटा समेत पाउनेछन्।

एसईई दिएका विद्यार्थीहरूले देशभरका कुनै पनि एनसेल सेन्टरबाट यो सिम प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। सिम लिनका लागि विद्यार्थीहरूले आफ्नो एसईईको प्रवेशपत्र र आफ्नो आमा वा बुबाको नागरिकताको फोटोकपी पेस गर्नुपर्ने हुन्छ।

प्रकाशित: ६ वैशाख २०८३ १७:५० | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast