बिहानैदेखि काठमाडौँ धुमियो, कहाँ कहाँ पर्छ पानी?

हिमाल प्रेस १७ वैशाख २०८३ ६:१३ | Thursday, April 30, 2026
6
SHARES
बिहानैदेखि काठमाडौँ धुमियो, कहाँ कहाँ पर्छ पानी? फाइल तस्बिर।

काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर बादल लागेको छ ।

आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ। कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति देशको हिमाली भूभागमा साधारणता बादल लाग्ने र पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागको थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित: १७ वैशाख २०८३ ६:१३ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast