लुम्बिनी र सुदूरपश्चिमका तातो दिन हुने सम्भावना, सचेत हुन आग्रह

हिमाल प्रेस १३ वैशाख २०८३ ६:१२ | Sunday, April 26, 2026
2
SHARE
लुम्बिनी र सुदूरपश्चिमका तातो दिन हुने सम्भावना, सचेत हुन आग्रह

काठमाडौँ- हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ।

कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्यांगसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना रहेको छ ।

आज राति देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: १३ वैशाख २०८३ ६:१२ | Sunday, April 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast