वर्षौँदेखि अलपत्र सडकमा गृहमन्त्रीको ‘एक्सन’, ठेकेदारलाई अन्तिम अल्टिमेटम

हिमाल प्रेस १ वैशाख २०८३ १०:५८ | Tuesday, April 14, 2026
8
SHARES
वर्षौँदेखि अलपत्र सडकमा गृहमन्त्रीको ‘एक्सन’, ठेकेदारलाई अन्तिम अल्टिमेटम

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले नारायणगढ-बुटवल सडक खण्ड लामो समयदेखि अलपत्र परेको विषयमा चिनियाँ ठेक्का कम्पनीको ध्यानाकर्षण गराएका छन्।

गृहमन्त्री गुरुङले उक्त सडक खण्डको स्थलगत अनुगमन गर्दै निर्माण कार्यमा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।

अनुगमनका क्रममा उनले सडक अलपत्र पर्दा यात्रुहरूलाई सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम उल्लेखनीय रूपमा बढेको बताए।

यस अवस्थालाई चाँडो अन्त्य गर्न ठेक्का कम्पनीले जिम्मेवारीपूर्वक, प्रभावकारी र तीव्र गतिमा काम अघि बढाउनु निर्देशन दिएको सचिवालय जानकारी दिएको छ।

गृहमन्त्री गुरुङले सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिँदै ढिलासुस्ती स्वीकार्य नहुने बताएका छन्।

त्यस्तै मन्त्री गुरुङले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै निर्माण कार्यमा कुनै पनि लापरबाही नगर्न सचेत गराएका छन्।

ठेक्का कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: १ वैशाख २०८३ १०:५८ | Tuesday, April 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast