काठमाडौँ- आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको भाउ आज तोलामा एकसय रुपैयाँ बढेको हो। मूल्य बढेर आज सुनको भाउ तोलाको ३ लाख २ हजार आठसय रुपैयाँ पुगेको छ।
हिजो सुन प्रतितोला छ हजार रुपैयाँ बढेको थियो भने चाँदीको भाउ ३२० रुपैयाँले बढेको थियो। हिजो सुनको भाउ तोलाको तीन लाख दुई हजार ७०० र चाँदीको मूल्य पाँच हजार २२० रुपैयाँ थियो।
आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ कायम भएको छ।
प्रकाशित: ३ वैशाख २०८३ १०:५७ | Thursday, April 16, 2026
प्रतिक्रिया



