सुन र चाँदी दुवैको मूल्यमा गिरावट

हिमाल प्रेस ७ वैशाख २०८३ १०:४९ | Monday, April 20, 2026
8
SHARES
सुन र चाँदी दुवैको मूल्यमा गिरावट

काठमाडौँ- नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य दुई लाख ९९ हजार ७०० रुपैयाँ कायम भएको छ। आइतबार (हिजो) सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। हिजो प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर पाँच हजार १९० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै आधारमा महासंघले नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्ने गरेको छ।

प्रकाशित: ७ वैशाख २०८३ १०:४९ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast