कानुनमन्त्री र चीनका राजदूतबीच शिष्टाचार भेट

हिमाल प्रेस ११ वैशाख २०८३ २०:३४ | Friday, April 24, 2026
14
SHARES
कानुनमन्त्री र चीनका राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेटघाट गरेका छन्।

भेटका क्रममा सुशासन, तीव्र सामाजिक, आर्थिक विकास, डिजिटल रूपान्तरण तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको विषयमा मन्त्री गौतमले जानकारी गराएकी थिइन्।

साथै नेपाल र चीनबीचको ऐतिहासिक मित्रता र साझेदारीलाई अझ सुदृढ बनाउँदै लगानी, पर्यटन तथा कानून र न्याय क्षेत्रको सहकार्य विस्तार गर्ने विषयमा सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विशेष गरी न्यायमा सहज पहुँच सुनिश्चित गर्न डिजिटल रूपान्तरण, ज्ञान आदानप्रदान तथा विधिको शासन सुदृढ गर्ने विषयमा दुवै पक्षबीच सहकार्य बढाउने समझदारी बन्यो।

प्रकाशित: ११ वैशाख २०८३ २०:३४ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast