काठमाडौँ- नेपालको अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड CG Electronics ले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको व्यापक दायरा विस्तार गर्दै ११० लिटरदेखि १००० लिटरसम्म क्षमताका २८ मोडल उपलब्ध गराएको छ।
कम्प्रेसरमा ६० महिना (५ वर्ष) को वारेन्टीसहित कम्पनीले उपभोक्तालाई दीर्घकालीन भरोसा दिलाउँदै आएको छ। विशेषगरी बढ्दो गर्मीका कारण खाद्य सामग्री सुरक्षित राख्न चुनौती बढिरहेका बेला ‘सुपर फास्ट फ्रिजिङ’ प्रविधिमार्फत दूध, दही, मासु तथा तरकारीलाई लामो समयसम्म ताजा राख्न सकिने सुविधा उपलब्ध गराइएको कम्पनीको दाबी छ।
एकैपटक धेरै सामान भण्डारण गर्न सकिने भएकाले उपभोक्ताले आर्थिक बचत समेत गर्न सक्ने बताइएको छ। कम्पनीका अनुसार यसको फ्रिजरमा प्रयोग गरिएको शक्तिशाली र भरपर्दो कम्प्रेसरले अस्थिर भोल्टेज तथा नेपालको भौगोलिक अवस्थासमेत सहजै झेल्न सक्छ भने उच्च इन्सुलेशन प्रविधिका कारण बिजुली नहुँदा पनि लामो समयसम्म चिस्यान कायम राख्न सकिन्छ।
साना पसलदेखि ठूला उद्योगसम्मका लागि उपयुक्त विविध मोडल उपलब्ध हुनु यसको अर्को विशेषता हो। नागरिकता मात्र पेस गरेर ० प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ जसले साना व्यवसायी र मध्यमवर्गीय परिवारलाई राहत दिने विश्वास गरिएको छ।
देशभर रहेका CG Digital का २१ शोरुम, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन प्लेटफर्ममार्फत सहज खरिदको व्यवस्था गरिएको छ।
त्यस्तै ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा र प्राविधिक सहयोग उपलब्ध गराइने कम्पनीले जनाएको छ।
‘नेपाली व्यवसायीको हात बलियो बनाउनु र घरधुरीलाई आधुनिक सुविधायुक्त बनाउनु नै हाम्रो लक्ष्य हो’ कम्पनीका एक अधिकारीले बताएका छन् । ‘Experience Life with CG’ नारालाई आत्मसात गर्दै कम्पनीले नेपालीहरूको जीवनस्तर उकास्ने प्रतिबद्धता दोहोर्याएको छ।




