संसदीय दलका नेता छान्न आज पनि कांग्रेस बैठक बस्दै

हिमाल प्रेस ५ वैशाख २०८३ ७:१७ | Saturday, April 18, 2026
12
SHARES
संसदीय दलका नेता छान्न आज पनि कांग्रेस बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलका नेता छान्न आजपनि छलफल हुँदैछ। हिजो संसदीय दलका नेता छान्ने विषयमा छलफल भएपनि निष्कर्षमा पुग्न सकेको थिएन। दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलको नेताबारे छलफल भएको निर्वाचन समितिका संयोजक एवम् कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताए।

दलको नेतामा अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे मुख्य दाबेदार छन्। मोहन आचार्यदेखि निश्कल राईसम्मको पनि चर्चा छ। प्रतिनिधिसभामा कांग्रेसका ३८ सांसद छन्।

कांग्रेसले सर्वसम्मत दलको नेता चयन गर्ने प्रयास गरिरहेको छ। सहमति नजुटे निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउने तयारी छ। सहमतिका लागि आज फेरि बैठक बस्दैछ।

प्रकाशित: ५ वैशाख २०८३ ७:१७ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast