पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने कांग्रेस निर्णय

हिमाल प्रेस २ वैशाख २०८३ १४:०५ | Wednesday, April 15, 2026
10
SHARES
पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने कांग्रेस निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीको विधानविपरीत गतिविधि गरेको ठहर गर्दै खड्कासँग सात दिनभित्र स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

बैठकले यसअघि मिति २०८२ चैत १४ गते नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत वक्तव्य जारी गरेको भन्दै एकपटक सचेत गराइसकिएको अवस्थामा पुनः चैत ३० गते पनि सोही प्रकृतिको कार्य दोहोरिएको निष्कर्ष निकालेको समितिका सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समितिका अनुसार नक्कली लेटरप्याड प्रयोग गरी आफू पार्टीको जिम्मेवारीमा रहेको भन्दै प्रेसविज्ञप्ति जारी गर्नु पार्टी विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ८ (घ) विपरीत भएको ठहर गरिएको छ।

बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का क्रममा पार्टी सदस्यहरूले गरेको अनुशासन उल्लंघनसम्बन्धी उजुरी दर्ता गर्ने म्याद थप गर्ने निर्णय पनि गरेको छ। यसअघि चैत मसान्तसम्म रहेको उजुरी पेश गर्ने समयावधि अब २०८३ वैशाख मसान्तसम्मका लागि बढाइएको समितिले जनाएको छ। सो अवधिपछि प्राप्त हुने उजुरीउपर कुनै कारबाही नगरिने स्पष्ट पारिएको छ।

समितिका सचिव दिनेश थापामगरले निर्णय सार्वजनिक गर्दै पार्टीभित्र अनुशासन कायम राख्न यस्तो कदम चालिएको बताएका छन्।

प्रकाशित: २ वैशाख २०८३ १४:०५ | Wednesday, April 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast