२४ घण्टामा दुई हजार ६९२ जना चालक कारबाहीमा, सात लाख बढी राजस्व संकलन

हिमाल प्रेस ११ वैशाख २०८३ १०:३२ | Friday, April 24, 2026
20
SHARES
२४ घण्टामा दुई हजार ६९२ जना चालक कारबाहीमा, सात लाख बढी राजस्व संकलन फाइल तस्बिर

काठमाडौँ- गत २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ९१, यान्त्रिक अवस्था ठीक नभए पनि सडकमा निकालिएका ६३ सवारी साधन, ट्राफिक संकेत उल्लंघनकर्ता २२४ र तीव्र गतिमा सवारी साधन हुइँक्याएका १३२ जनालाई कारबाही गरिएको हो।

यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७, सार्वजनिक सवारी साधनका ढोका बन्द नगरी सञ्चालन गर्ने ४७, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ निर्धारित स्थानामा यात्री चढाउने र ओराल्ने नियम उल्लंघनकर्ता ४० र अन्य सवारी नियम पालना नगरेका एक हजार ७८० जनालाई कारबाही गरिएको हो।

प्रकाशित: ११ वैशाख २०८३ १०:३२ | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast