१५ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्दै २३ कम्पनी

हिमाल प्रेस ९ वैशाख २०८३ १७:२० | Wednesday, April 22, 2026
4
SHARES
१५ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्दै २३ कम्पनी

काठमाडौँ- हकप्रद सेयर जारी गर्न स्वीकृति माग्दै २३ कम्पनीहरूले धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन दिएका छन्। यी कम्पनीले आफ्ना सेयरधनीबाट कुल १५ करोड ३० लाख कित्ता हकप्रद सेयर जारी गरी १५ अर्ब ३० करोड रुपैयाँ संकलन गर्ने योजना बनाएका छन्।

सेबोनका अनुसा, तीमध्ये २१ कम्पनीका आवेदन प्रारम्भिक मूल्यांकनको चरणमा छन् भने दुई कम्पनीका आवेदन स्वीकृति प्रक्रियाका विभिन्न चरणमा छन्।

हकप्रद निष्कासनको पाइपलाइनमा जलविद्युत् कम्पनीहरूको वर्चस्व देखिएको छ। आवेदन दिएका २३ कम्पनीमध्ये १२ वटा जलविद्युत् क्षेत्रका छन्। त्यस्तै, गैरजीवन बिमा, लगानी, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र अन्य क्षेत्रका दुई–दुई कम्पनी छन् भने एक कम्पनी जीवन बिमा क्षेत्रको छ।

नेपाल ल्युब आयलले १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति मागेको छ। इन्जिन आयल उत्पादक उक्त कम्पनीले १४ लाख ५७ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासनमार्फत १४ करोड ५७ लाख २० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको छ।

आठ कम्पनीहरूले १ः१ अनुपातमा हकप्रद निष्कासनको प्रस्ताव गरेका छन्। ती कम्पनीहरूमा बराही हाइड्रोपावर लिमिटेड, माईखोला हाइड्रोपावर लिमिटेड, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड, पाँचथर पावर कम्पनी लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड, नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड, कालिञ्चोकक दर्शन लिमिटेड र हिमालयन हाइड्रोपावर लिमिटेड रहेका छन्।

परिमाणका हिसाबले घोराही सिमेन्ट इन्डस्ट्रिजले सबैभन्दा ठूलो हकप्रद निष्कासन गर्ने योजना बनाएको छ। कम्पनीले तीन करोड ७६ लाख ८० हजार कित्ता सेयर जारी गरी तीन अर्ब ७६ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ।

मोदी इनर्जीले दुई करोड ६१ लाख कित्ता सेयर जारी गरी दुई अर्ब ६१ करोड रुपैयाँ संकलन गर्ने प्रस्ताव गरेको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले एक करोड ७९ लाख ८० हजार कित्ता हकप्रद सेयरमार्फत एक अर्ब ७९ करोड रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।

कुन कम्पनीले कति हकप्रद सेयर निष्कासन गर्दै छन्?

बराही हाइड्रोपावर पब्लिक लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:१
सेयर संख्या : २५,००,०००
निष्कासन रकम : २५ करोड रुपैयाँ

सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड
क्षेत्र  : निर्जीवन बिमा
अनुपात : १०:१.७
सेयर संख्या : ३६,५५,०००
रकम : ३६ करोड ५५ लाख रुपैयाँ

सीईडीबी होल्डिङ्स लिमिटेड
क्षेत्र : लगानी
अनुपात : १:०.५४५
सेयर संख्या: ५६,३६,५९१.९८
रकम : ५६ करोड ३६ लाख ५९ हजार १९८ रुपैयाँ

मन्दाकिनी हाइड्रोपावर लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:०.६६४
सेयर संख्या : ४२,९४,२४२.५०
रकम : ४२ करोड ९४ लाख २४ हजार २५० रुपैयाँ

नेपाल ल्युब आयल लिमिटेड
क्षेत्र : उत्पादन तथा प्रशोधन
अनुपात : १:२
सेयर संख्या : १४,५७,२५३.६०
रकम : १४ करोड ५७ लाख २५ हजार ३६० रुपैयाँ

माईखोला हाइड्रोपावर लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:१
सेयर संख्या : ३९,२१,५६८
रकम : ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ

सगरमाथा जलविद्युत् कम्पनी लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:१
सेयर संख्या : १,१७,३२,०००
रकम : १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ

सयपत्री हाइड्रोपावर लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १०:७.४१८६
सेयर संख्या: २२,२५,५८९.८९१
रकम : २२ करोड २५ लाख ५८ हजार ९८९.१० रुपैयाँ

राधी विद्युत् कम्पनी लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:०.६९९
सेयर संख्या : १,२८,५२,६२६.४४
रकम : १ अर्ब २८ करोड ५२ लाख ६२ हजार ६४४ रुपैयाँ

पाँचथर पावर कम्पनी लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:१
सेयर संख्या : ९६,२५,०००
निष्कासन रकम : ९६ करोड २५ लाख रुपैयाँ

डोल्ती पावर कम्पनी लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:०.९६१८
सेयर संख्या : ५१,५९,८६०
रकम : ५१ करोड ५९ लाख ८६ हजार रुपैयाँ

ओरियन्टल होटेल्स लिमिटेड
क्षेत्र : होटल तथा पर्यटन
अनुपात : १०:२.६६३
सेयर संख्या : ३१,५५,०५०.४०
रकम : ३१ करोड ५५ लाख ५ हजार ४० रुपैयाँ

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:०.८८६६
सेयर संख्या : ४८,२३,८४०
रकम : ४८ करोड २३ लाख ८४ हजार रुपैयाँ

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड
क्षेत्र : अन्य
अनुपात : १:०.६
सेयर संख्या : ४५,३६,०००
रकम : ४५ करोड ३६ लाख रुपैयाँ

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:०.७७
सेयर संख्या : ६१,७१,२६८
रकम : ६१ करोड ७१ लाख २६ हजार ८०० रुपैयाँ

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड
क्षेत्र : लगानी
अनुपात : १:१
सेयर संख्या : १,७९,८१,२११.९९
रकम : १ अर्ब ७९ करोड ८१ लाख २१ हजार १९९ रुपैयाँ

घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड
क्षेत्र : उत्पादन तथा प्रशोधन
अनुपात : १:०.७५
सेयर संख्या : ३,७६,८३,४०७.०३
रकम : ३ अर्ब ७६ करोड ८३ लाख ४० हजार ७०३ रुपैयाँ

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड
क्षेत्र : अन्य
अनुपात : १:१
सेयर संख्या: ६८,७५,०००
रकम : ६८ करोड ७५ लाख रुपैयाँ

मोदी इनर्जी लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:०.९००२९
सेयर संख्या : २,६१,०८,५००
रकम : २ अर्ब ६१ करोड ८ लाख ५० हजार रुपैयाँ

कालिञ्चोक दर्शन लिमिटेड
क्षेत्र : होटल तथा पर्यटन
अनुपात : १:१
सेयर संख्या : ६३,००,०००
रकम : ६३ करोड रुपैयाँ

हिमालयन हाइड्रोपावर लिमिटेड
क्षेत्र : जलविद्युत्
अनुपात : १:१
सेयर संख्या : १,०९,५०,०००
रकम : १ अर्ब ९ करोड ५० लाख रुपैयाँ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड
क्षेत्र : जीवन बिमा
अनुपात : १:०.१७
सेयर संख्या : ७३,०३,२००
निष्कासन रकम : ७३ करोड ३२ हजार रुपैयाँ

प्रभु इन्स्योरेन्स लिमिटेड
क्षेत्र : निर्जीवन बीमा
अनुपात : १:०.५०१५
सेयर संख्या : ८३,५०,१३५.४४
निष्कासन रकम : ८३ करोड ५० लाख १३ हजार ५४४ रुपैयाँ

प्रकाशित: ९ वैशाख २०८३ १७:२० | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast